प्रधानमन्त्री देउवा निर्वाचन मिती घोषणा गर्ने तयारीमा, प्रमुख निर्वाचन आयुुक्तसंग गरे छलफल
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति प्रस्ताव गर्न आग्रह गरेका छन् । उनले निर्वाचन आयोगलाई निर्वाचनको मिति प्रस्ताव गर्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री देउवा र आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको अनौपचारिक छलफलमा देउवाले मिति प्रस्ताव गर्न आग्रह गरेका हुन् ।
आयोगका प्रमुख आयुक्त थपलियाले प्रधानमन्त्रीसँग भेट भएको जानकारी दिँदै निर्वाचन समयमै गर्न सकारात्मक रहेको बताए । आयोगले कात्तिक मसान्तमा निर्वाचन गर्न प्रधानमन्त्रीलाई अनौपचारिक प्रस्ताव गरेको छ । निर्वाचनसम्बन्धी कानुन पेश गर्ने विषयमा समेत छलफल भएको जनाएको छ ।
पछिल्लो केहि समय यता प्रम देउवा संघिय निर्वाचन मिती घोषणाको आन्तरिक गृहकार्य गरिरहेको छ । निर्वाचन आयोग पनि यस सम्बन्धमा पछिल्लो केहि समय यता गृहकर्य गरिरहेको छ ।