भारत भ्रमणमा रहेको सांसदको टोली उत्तर प्रदेशको विधानसभा बैठकमा
भारत भ्रमणमा रहेको नेपाली सांसदको टोली उत्तर प्रदेशको विधानसभा बैठकमा सहभागी भएको छ । विधानसभाका सभामुख सतिस महनाले राजकिशोर यादव नेतृत्वको ११ सदस्यीय टोलीलाई स्वागत गरेका थिए ।
नेपालको प्रतिनिधिसभा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापतिसमेत रहेका यादवसहित सबै सांसदलाई सभामुख महनाले नाम लिएर स्वागत गरे । सभामुख महनाले ट्वीटर (एक्स) मा स्वागत गरेको भिडिओ पोष्ट गर्दै लेखेका छन्, ‘नेपालको संसदीय सम्वन्ध र पर्यटन सम्वन्धित संसदीय समितिको संसदीय टोलीको स्वागत ।’
यसअघि मंगलबारै नेपाली सांसदको टोलीले लखनऊस्थित सरकारी निवासमा पुगेर मुख्यमन्त्री आदित्यनाथसँग शिष्टाचार भेट गरेको थियो ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राज्यपाल आनन्दीबेन पटेलसँग भेटवार्ता गरेको थियो ।