राष्ट्रपतिलाई एमालेको चेतावनीः संसद् महासचिव अबिलम्व नियुक्ति गरियोस् – Nepalboli

राष्ट्रपतिलाई एमालेको चेतावनीः संसद् महासचिव अबिलम्व नियुक्ति गरियोस्

   २२ माघ २०८०, सोमबार  

नेकपा एमालेका सांसद देवेन्द्र दाहालले संघीय संसद्‌को महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गरेको आरोप लगाएका छन्। सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।

संघीय संसद्‌को महासचिव पद खाली अवस्थामा हुनु र अधिवशेन सुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयोरु भन्ने प्रश्न गर्दै उनले महासचिवमा राष्ट्रपतिले राजनीति गरेको आरोप लगाए।

राष्ट्रपति पौडेललाई महासचिव पदमा चलखेल नगर्न चेतावनी दिँदै दाहालले कानुन अनुसार सिफारिस गरिएको महासचिव अबिलम्व नियुक्ति गर्न आग्रह गरे। आगामी बैठकहरुमा राष्ट्रपतिको बारेमा कडा शब्द प्रयोग गर्नुपर्ने स्थिति नबनाउन चेतावनी दिँदै राष्ट्रपति पदको गरिमालाई कामय राख्न उनले आग्रह गरे।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै