काठमाडौँका सडकमा एक हजार स्मार्ट लाइट जडान – Nepalboli

काठमाडौँका सडकमा एक हजार स्मार्ट लाइट जडान

   २२ माघ २०८०, सोमबार  

काठमाडौँ महानगरपालिकाले यहाँका सडकमा एक हजार २६ वटा स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ । महाराजगन्ज-लैनचौर-जमल खण्डमा ३१८ वटा, महाराजगन्जको प्रहरी तालिम केन्द्र- बालुवाटार- नक्साल हुँदै माइती घर मण्डलासम्म ३६३ वटा, कमलपोखरीदेखि गौशालासम्म १८१ वटा, त्रिपुरेश्वर-थापाथली- माइतीघर मण्डलासम्म ७६ वटा, चाबहिल- बौद्ध सडक खण्डमा ९९ वटा बत्ती जडान गरिएको जनाएको छ ।

यी खण्डको प्रारम्भिक अध्ययनमा क्रमशः ३४०, ३७४, १९०, ७६ र ९२ वटा बत्ती जडान गर्नु पर्ने देखिएको थियो । महानगरपालिकाका इलेकट्रिकल इन्जिनियर पदमराज पौडेलका अनुसार स्थलगत आवश्यकताका आधारमा केही सङ्ख्या कम भएको हो । पौडेलका अनुसार फराकिलो सडकमा १२० वाट र साँघुरो सडकमा ९० वाटका बत्ती जडान भएका छन् ।

यसरी काम गर्दा पुराना पोलमा केही बत्ती राखिएका छन् । ती पोलमा राखिएका बत्तीले प्रकाश नपुग्ने ठाउँमा नयाँ पोल थपिएका छन् । यसका लागि १७७ वटा पोल प्रयोग भएका छन् । बिजुली जडान गर्न ३० हजार ७१० मिटर तारको प्रयोग भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै