नेपालको संसदीय टोलीद्धारा मुम्बईको वाङ्खडे क्रिकेट रंगशालाको भ्रमण – Nepalboli

नेपालको संसदीय टोलीद्धारा मुम्बईको वाङ्खडे क्रिकेट रंगशालाको भ्रमण

   २१ माघ २०८०, आईतवार  

संघिय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका अध्यक्ष राजकिशोर यादवको नेतृत्वमा भारत भ्रमणमा रहेको आठ सदस्यीय प्रतिनिधिमण्डलले आज मुम्बईको प्रतिष्ठित वाङ्खडे क्रिकेट रंगशालाको भ्रमण गरेको छ । भारतीय विदेशमन्त्री डा एस जयशंकरले हालैको नेपाल भ्रमणका क्रममा नेपालमा क्रिकेटको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेपछि यो भ्रमण भएको हो।

नेपाल भ्रमणका क्रममा मन्त्री जयशंकरले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई भारतीय भूमिमा ‘होम ग्राउन्ड’ दिने प्रस्ताव विस्तार गर्दै ग्राउन्डब्रेकिंग पहलको घोषणा गरेका थिए। नेपाली क्रिकेट टोलीको प्रतिनिधित्व गर्दै कप्तान रोहित पौडेलले भारत सरकारको यो अप्रत्याशित र उदार कदमप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

भारतीय संसदको अन्तर्राष्ट्रिय समितिको निमन्त्रणमा मंगलबारदेखी समितीका सभापती यादवसहित सुनीता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरी भारत भ्रमणमा छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै