कार्यकर्ताहरूले गठबन्धन नगर्न सुझाव दिएका छन्- गगन थापा – Nepalboli

कार्यकर्ताहरूले गठबन्धन नगर्न सुझाव दिएका छन्- गगन थापा

   २०८० माघ २१, आईतवार  

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका कार्यकर्ताहरुले गठबन्धन गलत भएको सुझाव दिएको बताएका छन्। भरतपुरमा नागरिक संबाद कार्यक्रममा बोल्दै थापाले झापाबाट सुरु गरेको कार्यक्रममा पार्टीका कार्यकर्ताले अन्य दलसँग गठबन्धन नगर्न सुझाव दिएको बताए।

‘गठबन्धन गलत भयो, गठबन्दन नगर्नुस नभनेको एउटा पनि कार्यक्रम छैन, झापामा होस्, मधेसमा होस्। यता उता, जता होस्। युवा होस्, वृद्ध होस् सबैले भनेका छन्,’ उनले भने, ‘आम पार्टीका साथीको धारणा यो छ भनेर अब पार्टीको दस्ताबेजमा लेख्न सकियो। अस्तिसम्म भन्दा मेरो व्यक्तिगत धारणा भन्याजस्तो भयो।’

थापाले कार्यकर्ताहरुले अन्य पार्टीको निर्वाचन चिह्नमा भोट हाल्दाहाल्दा आजित भएको सुनाएको बताए।

‘म झापा, सुनसरी, मोरङ, मधेस हुँदै आउँदै गर्दा हामीले कसैलाई मसाल चिन्हमा, कोहीलाई साइकलमा भोट हाल्न लगाएका छौं। बिजोग भएको छ। पार्टीका साथिहरु नै बेखुस हुनुभयो भने के अर्थ भयो र,’ उनले भने, ‘हाम्रो पार्टीका ८ लाख ६६ हजार सदस्यलाई त खुसी बनाउन सक्नुपर्यो नि। अहिले ती मान्छेहरु हेर्‍यो भने मञ्चमा बस्ने पनि दुखी छ, यता पनि दुःखी, उता पनि दुःखी छ। पार्टीभित्रका बहुसंख्यक मान्छे निराश हुनुको एउटा कारण निर्वाचनभन्दा अगाडि गठबन्धन गर्नु हो भन्ने मैले देखें।’

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै