काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक, २ एजेण्डा तय – Nepalboli

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक, २ एजेण्डा तय

   १६ असार २०७९, बिहीबार  

नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले असार २७ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको जानकारी दिए ।

केन्द्रीय कार्यालय ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

काँग्रेसले उक्त बैठकका लागि दुई एजेण्डा तय गरेको छ । स्थानीय तह निर्वाचन—२०७९ को समीक्षा र विविध गरी दुई एजेण्डा तय गरिएको पौडेलले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै