सांसदलाई गाइड गर्न रास्वपाका दुई उपसभापतिलाई जिम्मेवारी – Nepalboli

सांसदलाई गाइड गर्न रास्वपाका दुई उपसभापतिलाई जिम्मेवारी

   २०८० माघ २१, आईतवार  

पार्टी र संसदलाई समन्वय गर्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई उपसभापति डा स्वर्णिम वाग्ले र डीपी अर्याललाई जिम्मेवारी दिएको छ । संसदमा पार्टीको तर्फबाट हुने प्रस्तुतीलाई थप प्रभावकारी बनाउने गरी दुई उपसभापतिले जिम्मेवारी पाएको सहप्रवक्ता मनिष झाले जानकारी दिए । ‘एक जनाले पार्टीको तर्फबाट सदनलाई कसरी हेर्नेबारे र अर्को उपसभापतिले सदनबाट राजनीतिलाई कसरी हेर्ने भनी सांसदहरुलाई प्रशिक्षित गराउनुहुन्छ,’ सहप्रवक्ता झाले भने ।

पार्टीबाट सदनमा प्रस्तुत हुने विषयमा सांसदलाई उपसभापति अर्यालले प्रशिक्षित गराउने छन् । सदनबाट राजनीतिलाई हेर्ने दृष्टिकोणका बारेमा उपसभापति वाग्लेले रास्वपा सांसदलाई गाइड गर्ने छन् ।

झाका अनुसार हरेक दिनको संसद बैठक अघि रास्वपा सांसदहरुको छलफल बोलाउने तयारी पार्टीले गरिरहेको छ । सोमबारबाट बस्ने संसद बैठक अघि २ बजेका लागि संसदीय दलको बैठक बोलाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै