लुम्बिनी प्रदेशसभाको ६ वर्ष- ७६ विधेयक पारित
लुम्बिनी प्रदेशसभाको पहिलो बैठक बसेको आज ६ वर्ष पुगेको छ । २०७४ साल माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो । सोही अवसरमा दाङमा आज प्रदेश सरकार र प्रदेश सभाले संयुक्त रूपमा प्रदेश स्थापना दिवस मनाउँदै छन्। लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा पनि दिएको छ ।
यो ६ वर्षको अवधिमा लुम्बिनी प्रदेश सभाले ७६ वटा कानुन निर्माण गरेको छ । पहिलो कार्यकालमा पाँच वर्षको अवधिमा ७२ वटा कानुन निर्माण गरेको प्रदेश सभाले अहिले दोस्रो कार्यालयको पहिलो वर्ष ४ वटा विधेयक पास गर्यो ।
पाँच वर्षको अवधिमा प्रदेशसभाबाट मूल विधेयक ५० वटा, संशोधन विधेयक १२ वटा यस्तै विधेयक १० वाट शाल वाली प्रदेशसभाबाट पारित गरेको छ ।
दोस्रो कार्यकालमा ४ वटा विधेयक मात्र पारित
यो एक वर्षमा अर्थात् प्रदेश सभाको दोस्रो कार्यकालमा ४ वटा विधेयक पारित भएको छ । ७ वटा विधेयक लुम्बिनी प्रदेश सभामा दर्ता भएका छन् । जसमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन, सेवा सर्तको व्यवस्थापन गर्न बनेको विधेयक पारित भएको छ । यस्तै आर्थिक वर्षको सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पनि पारित भएका छन् । यस्तै स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन २०७६ लाई संशोधन गरी पारित गरेको छ ।
यो वर्षमा औद्योगिक व्यवस्थापन सम्बन्धी प्रचलित प्रदेश कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक विचाराधीन अवस्थामा रहेको छ । प्रदेश सभाका यो एक वर्षका अवधिमा भएका दुई अधिवेशनमा मध्ये पहिलोमा १० र दोस्रोमा २५ वटा बैठक सम्पन्न भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।