नयां पार्टी खोलेका बामदेव गौतमले आज ओली र प्रचण्डसंग भेटेर गरे बाम एकताको प्रस्ताव – Nepalboli

नयां पार्टी खोलेका बामदेव गौतमले आज ओली र प्रचण्डसंग भेटेर गरे बाम एकताको प्रस्ताव

   १६ असार २०७९, बिहीबार  

नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमले राजनीतिक भेटघाट तीव्र बनाएका छन्।

बिहीबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा करिब २ घण्टा संवाद गरेका गौतम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार दिउसो पुगेका थिए ।

बिहीबारै ओलीसँग लामो छलफलपछि गौतमले दुईजनाको मित्रतापूर्ण विगतबारे सम्झना गरेको बताएका थिए।

यसअघि नै एमाले त्यागेको घोषणा गरिसकेका गौतमले नयाँ पार्टी खोलेको केही दिनपछि ओलीसँग वार्ता गर्न पुगेका थिए। बुधबार नै समय लिएर बालकोट पुगेका गौतमले ओलीलाई आफ्नो आगामी ३ महिने अभियानबारे जानकारी गराएका थिए।

उनले विभाजित भएका कम्युनिस्ट पार्टीहरु मिलेर अघि बढ्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए।

नेकपा (एकता राष्ट्रिय अभियान) का सचिवालय सदस्य निमकान्त पान्डेका अनुसार अध्यक्ष गौतमले ओली र प्रचण्डपछि अन्य नेतासँग पनि वार्ता गर्दैछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै