आन्तरिक विवादका विच जसपाले बोलायो विरगंन्जमा केन्द्रीय समिति बैठक – Nepalboli

आन्तरिक विवादका विच जसपाले बोलायो विरगंन्जमा केन्द्रीय समिति बैठक

   १६ असार २०७९, बिहीबार  

दुईजना अध्यक्ष उपेन्द्र यादव र डा। बाबुराम भट्टराई पक्षबीचको विवादले उग्र रुप लिइरहेका बेला जनता समाजवादी पार्टी नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । उक्त पार्टीले आगामी असार २७ र २८ गते पर्साको वीरगञ्जमा बस्ने गरी केन्द्रीय समिति बैठक डाकेको हो ।

उक्त बैठकका एजेन्डा भने तय भइनसकेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले दिएका छन् । जसपा यादव र भट्टराईबीच एकले अर्कालाई अल्पमतमा पार्ने होड जारी छ। पछिल्लो पटक अल्पमतमा परेपछि जसपाका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले पार्टी नै छाड्ने योजना बनाएका छन्।

भट्टराईलाई साथ दिएका निर्णायक नेताहरुले साथ छोडेर यादवतिर खुलेका छन् । वरिष्ठ नेता अशोक राई, संघीय सांसद मोहम्मद इस्तियाक राई, प्रदीप यादव लगायत नेताहरुले डा  भट्टराईको साथ छोडेपछि उनी पार्टीमा अल्पमत परेका छन् । मोहम्मद र प्रदीप बुधबारदेखि अध्यक्ष उपेन्द्र यादव पक्षमा खुलेका छन् । वरिष्ठ नेता राईले पनि उपेन्द्रकै पक्षमा लाग्न ‘ग्रिन सिग्नल’ दिएपछि भट्टराई संकटमा परेका छन् ।

यस्तोमा उनले अब जसपाबाट बिदा लिने निष्कर्ष निकालेका छन् । पार्टी विभाजनका लागि समेत संख्या नपुग्ने अवस्था भएपछि भट्टराईलाई समस्या भएको छ ।

पछिल्लो केहि समय यता (जसपा) भित्रको विवाद बहुमत जुटाउने खेल र एक अर्कामाथि कारबाहीतर्फ प्रवेश गरेको थियो । तर बुधवार उपेन्द्र यादव र बाबुराम भट्टराई भेटेरै सहमतमै अलग हुने कुरा गरेको सार्वजनिक भएको छ ।

सोमबारको यादव पक्षको बैठकमा सहभागीहरू १७ जना कार्यकारणी सदस्यको बैठकले भट्टराईलगायतका नेतालाई कारबाही गर्नुपर्ने निर्णय लिएको छ । बैठकमा सहभागी नभए पनि मनिष सुमन र परशुराम बस्नेत अध्यक्ष यादवको पक्षमा छन्। त्यसो हुँदा अध्यक्ष यादवको पक्षमा १९ जना कार्यकारी सदस्य पुग्ने देखिन्छ ।

सोमबारको बैठकमा सहभागी हुनेहरूमा उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव, मोहम्मद इस्तियाक राई, लालबाबु राउत, विजय यादव, सुशीला श्रेष्ठ, रणध्वज कन्दङ्वा, रकम चेम्जोङ, युवराज कार्की, प्रकाश अधिकारी, मृगेन्द्रकुमार सिंह, गोविन्द चौधरी, नवलकिशोर साह र गजाधर रोहता यादव थिए ।

एता बाबुराम भट्टराई पक्षमा पनि आधाभन्दा कम नेताहरु छन् । सोमबारको बैठकमा उपेन्द्र यादव पक्षका १९ जना खुलेपछि बाबुरामको पक्षमा १२ जना केन्द्रीय कार्यकारिणी सदस्य खुलेका छन्। जसमा बाबुराम भट्टराई, हिसिला यमी, नवराज सुवेदी, गंगा श्रेष्ठ, महेन्द्रराय यादव, राजकिशोर यादव, अमृता अग्रहरी, डम्बर खतिवडा, प्रशान्त सिंह, दुर्गा सोब, भक्तबहादुर शाहलगायत छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै