कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक – Nepalboli

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक

   २०८० माघ १९, शुक्रबार  

नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको छ । कांग्रेस संसदीय दलको बैठकले अर्थ समितिको संयोजकमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा डा। नारायण खड्का, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रमा कोइराला पौड्याललाई संयोजक तोकेको हो ।

यस्तै कानून न्याय तथा मानव अधिकार समितिमा नागिना यादव, कृषि, सहकारी तथा प्राकृति स्रोत समितिमा कुसुमदेवी थापा, महिला तथा सामाजिक मामिला समितिमा आशा विक संयोजक छिन् ।

राज्य व्यवस्था तथा सुशासन समितिमा दिलेन्द्रप्रसाद वडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लिलादेवी बोखिम (लिम्वू) र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरे संयोजक तोकिएका हुन् । उनीहरुले आफ्नो समितिमा हुने गतिविधिका बारेमा संजोजन गर्ने छन् ।

समितिमा पार्टीबाट तोकिएका संयोजकहरुः

१। अर्थ समिति – रामनाथ अधिकारी
२। अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समिति – डा नारायण खड्का
३। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति – रमा कोइराला पौड्याल
४। कानून न्याय तथा मानव अधिकार समिति – नागिना यादव
५। कृषि, सहकारी तथा प्राकृति स्रोत समिति – कुसुमदेवी थापा
६। महिला तथा सामाजिक मामिला समिति – आशा विक
७। राज्य व्यवस्था तथा सुशासन समिति – दिलेन्द्रप्रसाद वडू
८। पूर्वाधार विकास समिति – दिनेश कुमार यादव
९। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति – लिलादेवी बोखिम ९लिम्वू०
१०। सार्वजनिक लेखा समिति – श्यामकुमार घिमिरे

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै