संसदमा सांसदहरुको भूमिका प्रभावकारी बनाउने रास्वपाको निर्णय – Nepalboli

संसदमा सांसदहरुको भूमिका प्रभावकारी बनाउने रास्वपाको निर्णय

   २०८० माघ १९, शुक्रबार  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सकिएको छ । सिंहदरबारमा बसेको सो पार्टीको दलको बैठकमा आगामी हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुले कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने तथा जनताका मुद्दालाई कसरी उठाउने भन्नेबारेमा छलफल भएको रास्पाले जनाएको छ ।

विगतमा संसदमा हाम्रो प्रस्तुति कस्तो रह्यो र आगामी दिनमा कस्तो रहन्छ ? कसरी हामी कसरी प्रस्तुत हुनेभन्नेमा घनीभूत छलफल भयो’, बैठकपछि रास्पाले जनाएको छ ।

सांसद निशा डाँगीले आगामी दिनमा प्राइभेट बीलका सन्दर्भमा ककसले बोल्ने भन्नेबारेमा छलफल भएको बताइन् । उनले विगत एक वर्षमा जति गर्न सकिन्थ्यो त्यो गर्न एकीकृत भएर गर्न नसकेको भन्दै त्यसलाई आगामी दिनमा सुधार गर्दै जानेबारे छलफल भएको बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै