श्रीमतीको हत्या अभियोगमा झापाबाट श्रीमान् पक्राउ – Nepalboli

श्रीमतीको हत्या अभियोगमा झापाबाट श्रीमान् पक्राउ

   २०८० माघ १८, बिहीबार  

श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा झापाको दमक नगरपालिका वडा नं ७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक–७ श्रीपाली टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका उनले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेको प्रहरीको दावी छ ।

छिमेकीको घरमा जन्मदिनको भोज खाएर बिहीबार बिहान करिब १ बजेतिर घर आएका बेला राई दम्पतीबीच झगडा भएको र झगडाका क्रममा विनोदले श्रीमतीमाथि निर्घात कुटपिट गरेको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए ।

कुटपिटबाट मृत्यु भएपछि बिहीबार बिहान मात्र ७ः३० बजे स्थानीयवासीले खबर गरेपछि लगत्तै पुगेको प्रहरी टोलीले अभियुक्त राईलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरेको हो । मृतकको अनुहार र टाउकोमा चोट लागेको देखिएको र प्रहरीले शवको मुचुल्का उठाई परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रनाउ लामाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै