भूकम्प पीडितलाई राहत लैजाने चिनियाँ महिला बिनाभिसा नेपाल बसेको खुलासा – Nepalboli

भूकम्प पीडितलाई राहत लैजाने चिनियाँ महिला बिनाभिसा नेपाल बसेको खुलासा

   २०८० माघ १७, बुधबार  

जाजरकोट भूकम्पको बेलामा राहत लिएर जाने चिनियाँ महिला अवैध रूपमा नेपालमा बसेको खुलासा भएको छ । चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङ भिसा सािएपछि पनि नेपाल बसेको कारण उनलाई डिपोर्ट गरि नेपालबाट निष्कासन गरिएको छ ।

अध्यागमन विभागले उनलाई १५ हजार रुपैयाँ जरिवाना लिएको छ । गत मंसिर २० मा ती चिनियाँ महिला भूकम्पबाट प्रभावितलाई राहत लिएर गएकी थिइन् ।

उनीमाथि कुटपिटको आरोपमा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीलाई पार्टीले स्पष्टीकरण समेत सोधेको थियो । माओवादीको स्थायी कमिटी बैठकले नै उनलाई लिखित स्पष्टीकरण सोध्ने र आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।

उक्त प्रकरणमा केसीले पार्टीलाई स्पष्टीकरण बुझाइसकेका छन् । उनले उल्टै पार्टीका महासचिव देव गुरुङनै यो प्रकरणको भ्रष्टाचारमा संलग्न भएको आरोप लगाएका छन् ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै