बालिका बेपत्ता बनाएको आरोपमा वडा सदस्यविरुद्ध उजुरी – Nepalboli

बालिका बेपत्ता बनाएको आरोपमा वडा सदस्यविरुद्ध उजुरी

   २०८० माघ १७, बुधबार  

बालिका वेपत्ता बनाएको आरोपमा जुम्लाको सिंजा गाउँपालिकाकी वडा सदस्यविरुद्ध उजुरी परेको छ । माघ १० गतेदेखि छोरी बेपत्ता पारेको आरोपमा उनकी आमाले वडा सदस्यविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन् ।

सिंजा गाउँपालिका– ६ जोडु गाउँकी १४ वर्षकी रमिशा बुढालाई वडा नं ५ की महिला वडा सदस्य गोरा गाउँकी पाल्ती रावलको समूहले बेपत्ता पारेको आमा बिस्नकली बुढाको दाबी छ । भेडा चराउन गएकी छोरीलाई वेपत्ता बनाएको र उनको साथमा रहेको तीनवटा भेडासमेत खोसेर लगेको आमा विस्नकलीले बताइन् । रमिशा माध्यमिक विद्यालय जोडुमा कक्षा ७ मा अध्ययनरत छन् ।

बालिकाकी आमाले मुनुकली रावल र पाल्ती रावलको नाममा निवेदन दिएको शनिगाउँ प्रहरी चौकीका हवल्दार सुरेसप्रसाद भट्टले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै