एमालेको तीन दिने प्रशिक्षण सुरु
नेपाल बोली
१६ माघ २०८०, मंगलवार
नेकपा (एमाले) को तीन दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम अर्घाखाँचीको सन्धिखर्कमा सुरु भएको छ । मंगलबार प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले समाजवादको माध्यमबाट नेपाललाई समृद्ध बनाइने बताउनुभयो ।
समृद्ध नेपाल बनाउन पार्टी लागिरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “सहिदहरूले देखाएको सपना पूरा गर्न समाजवादको माध्यमबाट नेपाललाई समृद्ध बनाउने काममा नेकपा (एमाले) ले कुनै कसर बाँकी राख्दैन ।”
एमालेले योजनाबद्ध ढङ्गले देशभर प्रशिक्षण सञ्चालन गर्ने ज्ञवालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेता कार्यकर्ताको स्तर हेरेर मात्र स्कुलिङ्ग सञ्चालन गछौँ, आधारभूत तहको स्कुल, माध्यमिक, उच्च, विशिष्ट तहको गरी चार तहका प्रशिक्षण सञ्चालन गछौँ ।”
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै