पशुपति क्षेत्रको अवैधानिक संरचना हटाउन निर्देशन – Nepalboli

पशुपति क्षेत्रको अवैधानिक संरचना हटाउन निर्देशन

   २०८० माघ १६, मंगलवार  

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैधानिक संरचना हटाउन निर्देशन दिनुभएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा मन्त्री किरातीले कोषको जग्गामा गैरकानुनीरुपमा सञ्चालन भएका व्यावसायिक संरचना तत्काल हटाउन निर्देशन दिनुभएको हो ।

यसैबिच, बोर्डले तत्काल कानुनी प्रक्रिया पुर्‍याएर अवैधानिक संरचना तथा व्यक्तिले हडपेर बनाएका घर खाली गराउने निर्णय गरेको छ । कोषको काठमाडौँ महानगरपालिका-८ गाँचा पोखरीस्थित जग्गा तथा वडा नम्बर ३ भगवानस्थानमा बनाइएका घर र अन्य संरचना हटाउने निर्णय गरेको हो । सिफलस्थित लामपोखरीको जग्गामा रहेका संरचना हटाउन कानुनी प्रक्रिया पूरा भएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै