भ्रष्टाचारको सूचकांकमा नेपाल १०८औं स्थानमा
नेपाल बोली
१६ माघ २०८०, मंगलवार
नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १०८औँ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२३ मा १०० मा ३५ अंक पाएर नेपाल १८० देशमध्ये १०८औँ स्थानमा परेको हो ।
यो गत वर्षको तुलनामा १ अंकको सुधार हो । यसअघि गत वर्षमा नेपाल ३४ अंक पाएर ११०औँ स्थानमा थियो ।
५० अंकभन्दा कम स्कोर गर्ने मुलुकहरुलाई सुशासनको क्षेत्रमा समस्यायुक्त रुपमा चित्रण गरिन्छ । ३५ अंकभन्दा कम स्कोर ल्याउने मुलुकहरु गम्भिर भ्रष्टाचारको समस्यामा परेको मानिन्छ । यसपाली सबै मुलुकहरुको औसत अंक ४३ छ । राजनीतिमा हुने भ्रष्टाचारको मापनमा नेपालको अवस्था सुध्रिएकाले नेपालले झिनो अंकमा सुधार भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै