कतार पठाउने भनी दुई लाख ९० हजार ठगी गर्ने पक्राउ – Nepalboli

कतार पठाउने भनी दुई लाख ९० हजार ठगी गर्ने पक्राउ

   १६ माघ २०८०, मंगलवार  

प्रहरीले कतार पठाउने भनी दुई लाख ९० हजार रुपियाँ रकम ठगी गर्ने २४ वर्षीय मनोज कुमार साहलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार सिराहका विष्णुपुर गाउँपालिका वडा नं ३ स्थायी घर भइ हाल ललितपुर महालक्ष्मी नगरपालिका वडा नंं ४ इमाडोल बस्ने साहलाई पक्राउ गरेको छ ।

साहले कतार जान प्रतिव्यक्ती दुई लाख ९० हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि एक कम्पनीमा मासिक तलब ४५ लाख रुपियाँ हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै