दरबार हत्याकाण्डको छानबिन हुन्छ- प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताउनुभएको छ। सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो।
प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रपूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पार्नुभयो।
दुुई दिन अगाडी मात्रै पुर्वराजा ज्ञानेन्द्र शाहले विरगंज कै एक कार्यक्रममा दरवार हत्याकाण्ड वारेमा गलत मनोविज्ञान समाजमा नेताहरु फैलाएका थिए । पुर्वराजा शाहले नागरिकमा पुन राजासंस्था आउनुपर्छ भन्ने सुनिन थालेको जिकिर गरेका थिए । पछिल्लो केहि समय यता राप्रपाका शिर्ष नेताहरु सग लागातार भेटीरहेका शाहले आफनो सकियता वढाउदै लगेका छन । राप्रपाले पनि फागुन देखि आन्दोलन गर्ने घोषणा गरेका छन ।
आइतवार मात्रै एमाले अध्यक्ष केपी ओलीले समेत दरवार हत्याकाण्ड वारेमा भएको छानविन सही नभएको जिकिर गरेका थिए ।