वडाध्यक्षले आफ्नै लगानीमा गाँउमा निशुल्क इन्टरनेट सेवा दिए
नेपाल बोली
१५ माघ २०८०, सोमबार
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा निशुल्क इन्टरनेट सेवा निशुल्क उपलब्ध गराएका छन् । उनले आइतबारदेखि वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफाइ सेवा उपलब्ध गराएका हुन् ।
इन्टरनेटको बढ्दो महत्वलाई मध्यनजर गर्दै जोरबौद्धस्थित मुख्य सडक चोक क्षेत्रलाई फ्रि–वाइफाइ जोन घोषणा गरिएको हो । उक्त सडकमा यात्रु लामो समयसम्म सवारी साधन कुरेर बस्नुपर्ने तथा गाउँमा इन्टरनेट सेवा विस्तार नभएको अवस्थामा वाइफाइ सेवाबाट सर्वसाधारण लाभान्वित हुने वडाध्यक्ष शेर्पाले बताए ।
इन्टरनेटको सहज पहुँचहुँदा विद्यार्थी, अभिभावक, सुरक्षाकर्मीलगायत लाभान्वित हुने उनको विश्वास छ । इन्टरनेट सेवा निशुल्क पाएसँगै स्थानीय खुसी भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै