काठमाडौँ महानगरको शिक्षा विभाग प्रमुखलाई सोध्यो स्पष्टीकरण – Nepalboli

काठमाडौँ महानगरको शिक्षा विभाग प्रमुखलाई सोध्यो स्पष्टीकरण

   २०८० माघ १४, आईतवार  

काठमाडौँ महानगरपालिकाले शिक्षा विभागका प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण सोधेको छ । मध्यबानेश्वरस्थित रत्नराज्य स्कुललाई विज्ञान सङ्कायतर्फ कक्षा ११ सञ्चालन गर्न अनुमति दिएको विषयमा महानगर प्रमुख बालेन शाहको सचिवालयले शुक्रवार कोइरालासँग स्पष्टीकरण सोधेको हो ।

नगर शिक्षा समितिमा निर्णय नै नभएको स्कुललाई विज्ञान सङ्कायतर्फ कक्षा ११ सञ्चालन गर्न अनुमति दिएको पाइएपछि स्पष्टीकरण सोधिएको बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए । शाहले भने, ‘रत्नराज्य स्कुललाई विज्ञान सङ्कायतर्फ कक्षा ११ सञ्चालन गर्न अनुमति दिएको विषयमा महानगरमा उजुरी पर्‍यो । प्रारम्भिक रूपमा हेर्दा उजुरी ठिक रहेको पाइयो । उजुरी ठिक पाइएपछि उहाँलाई सफाइ पेस गर्ने भनिएको छ ।’

यस्तै सचिवालयले कोइरालालाई एक साता बिदामा बस्न निर्देशन दिएको छ । कोइरालालाई गत शुक्रवार स्पष्टीकरण सोधिएको हो । सफाइ पेस गर्न ७ दिनको म्याद दिइएको छ । कोइरालाले गत साउनमा उक्त स्कुललाई पत्र काटेको भेटिएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै