चिनिया नेताहरुद्धारा नेपालका राजनितीक दलहरु संग अन्तक्रिया
चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले नेपालका प्रमुख राजनितीक दलहरुका नेताहरुसँग अन्तरक्रियात्मक कार्यक्रम गरेका छन । चीनको कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उप–विदेशमन्त्री शुन हेयानको नेतृत्वमा चिनियाँ प्रतिनिधिमण्डल नेपाल भ्रमणमा छ । यो टोलीले आज आइतबार नेपालका आधा दर्जनभन्दा बढी राजनीतिक दलसँग अन्तरक्रियात्मक कार्यक्रम गरेको छ । यो कार्यक्रममा सहभागी सबै राजनीतिक दलका नेताले नेपाल र चिन विचको सम्बन्ध तथा पछिल्लो विकसित घटनाक्रम वारेमा वोलेका हुन् ।
छलफलमा नेपाली कांग्रेस, एमाले, माओवादी, स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी लगायतका राजनीतिक दलको सहभागिता थियो । कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका नेता शशांक कोइराला, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सगुन लावती, जनता समाजवादीका नेता अर्जुन थापा सहित माओवादी केन्द्रका १० भन्दा वढी प्रभावशाली नेताहरु सहभागी थिए । कार्यक्रममा युवा तहका अन्य नेताहरु पनि सहभागी थिए ।
नेपाल भ्रमणमा आएका चिनियां टोली शुक्रवार रास्पा अध्यक्ष रवी लामीछाने र शनिवार प्रधानमन्त्री प्रचण्ड सहित एमाले तथा एकिकृत समाजवादीका अध्यक्ष संग भेटेका थिए । चिनिया नेताहरु आजै काग्रेस सभापति शेरबहादुर देउवा संग पनि भेटने कार्यक्रम राखेका छन ।