एकीकृत समाजवादीको सचिवालय बैठकद्धारा नेताहरूको जिम्मेवारी हेरफेर – Nepalboli

एकीकृत समाजवादीको सचिवालय बैठकद्धारा नेताहरूको जिम्मेवारी हेरफेर

   २०८० माघ १२, शुक्रबार  

नेकपा एकीकृत समाजवादीले केही नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । शुक्रवार बसेको पार्टीको सचिवालय बैठकले लुम्बिनी प्रदेश कमिटीका अध्यक्षसमेत रहेका सोमप्रसाद पाण्डेलाई रुपन्देहीको इन्चार्ज तोकेको छ । बैठकले गण्डकी प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष श्रीनाथ बराललाई अध्यक्ष मनोनयन गर्ने निर्णय गरेको छ । यस्तै लुम्बिनी प्रदेश कमिटीका सचिव राजु गुरुङको राजीनामा स्वीकृत गरेको छ । सचिवमा अशोक कोइरालालाई चयन गर्ने निर्णय बैठकले गरेको छ ।

यही माघ १४र१५ बस्ने केन्द्रीय परिषद् बैठकमा खाली रहेको केन्द्रीय परिषद् सदस्यको ठाउँमा संस्थागत निर्णय र सिफारिसका आधारमा मनोनयन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै