आजको मौसम – पहाडी भेगमा आंशिक बदलीहुँदा तराईमा हुस्सु र कुहिरो – Nepalboli

आजको मौसम – पहाडी भेगमा आंशिक बदलीहुँदा तराईमा हुस्सु र कुहिरो

   २०८० माघ १२, शुक्रबार  

मुलुकका अधिकांस पहाडी भू–भागमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा भने मौसम समान्यतःसफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानमा हल्का हिमपातको सम्भावना छ ।

साथै तराईका अधिकांश स्थानमा आज हुस्सु÷कुहिरो लागेको छ । बाक्लो हुस्सुका कारण पछिल्लो समय तराईको जनजीवन प्रभावित भएको छ ।

हुस्सुका कारण सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट जोगित आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै