मौसम- पहाडी भूभागमा आंशिक बदली
आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा भने मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । तराईका अधिकांश स्थानमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ ।
भिजिबिलिटीका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने छ । केहि दिन यता बढेको चिसोबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।