उत्तरी गोरखाको लाप्राकामा हिमपात – Nepalboli

उत्तरी गोरखाको लाप्राकामा हिमपात

   १० माघ २०८०, बुधबार  

गोरखाको उत्तरी क्षेत्र धार्चे गाउँपालिका –४ लाप्राकामा हिमपात सुरु भएको छ । बुधबार दिउँसो करिब ३ बजेबाट हिमपात भइरहेको धार्चे –४ का वडा अध्यक्ष किसान गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार हिमपात परेपछि भने त्यहाँका स्थानीय होटेल ब्यबसायी तथा किसानहरु खुशी भएका छन् । हिउँ परेपछि लाप्राकमा हिउँ खेल्न जानेहरुको भिड लाग्नेगर्छ । लाप्राकामा होटेल ब्यबसायीहरु खुशी भएका छन् ।

त्यस्तै, हिउँ परेपछि लाप्राकाका स्थानीय किसानहरु पनि खुशी भएको स्थानीय युवक सन्तबहादुर गुरुङले जानकारी दिनुभयो । हिउँ पर्नाले खेतीपातीलाई पनि सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

बुधबार दिउँसो ३ बजेबाट लाप्राकामा हिउँ परेको छे । अन्य दिनको तुलनमा गोरखामा अहिले चिसो बढेको स्थानीयको भनाइ छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै