गठबन्धन नगरी जित्ने पार्टी बनाउनुस्, म पनि खुसी हुन्छु- देउवा – Nepalboli

गठबन्धन नगरी जित्ने पार्टी बनाउनुस्, म पनि खुसी हुन्छु- देउवा

   ९ माघ २०८०, मंगलवार  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन विना चुनाव जित्ने अवस्था बनाउन पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् । गठबन्धनका कारण पार्टी बिग्रिएको नेता तथा कार्यकर्ताहरुले बताएपछि उनले गठबन्धन विनै पार्टीलाई बलियो बनाउन निर्देशन दिएका हुन् ।

‘नेपाली कांग्रेसको विधान, नेपालको संविधान अनुसार कुनैपनि पार्टीले बहुमत ल्याउने अवस्था छैन । बहुमत नहुने भएपछि कोही न कोहीसँग गठबन्धन गर्नैपर्ने हुन्छ,’ उनले भने, ‘गठबन्धन नगरिकनै जित्ने पार्टी बनाउनुस् न । गठबन्धन नगरी पार्टी बलियो बनाउनुस् न । म पनि खुसी हुँला नि गठबन्धन नभए । तर गर्ने के रु पार्टीले जित्नुपर्यो नि । सत्तामा ल्याउनुपर्यो नि । एक पटक सत्ता गयो, शेरबहादुरले बिगार्‍यो भन्नुभयो, मैले फेरि ल्याएँ । चुनाव लड्ने सत्ताकै लागि हो ।’

सबैभन्दा ठूलो जनता भएकाले जनसेवामा खटिन सबैलाई उनले आग्रह गरे । ‘सबैभन्दा ठूलो कुरा जनता हो । जसले जनताको सेवा गर्छ, जो जनप्रिय हुन्छ त्यो मात्रै अगाडि जाने हो । जनता हो मालिक यो देशको,’ उनले भने, ‘जनतामा जानुस्, यहाँ कसैलाई विरोध गरेर कोही ठूलो हुँदैन ।’

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै