रवि लामिछानेविरुद्ध संसद्मा उजुरी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध संघीय संसद्मा उजुरी परेको छ। आफूलाई अभियान्ता बताउँदै आएका युवराज सफलले मंगलबार संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरेकहाँ उजुरी दिएका हुन्।
उनले उजुरीमा सहकारीको रकम हिनामिनाका सम्बन्धमा आएका समाचारका साथै लामिछानेको खातामा सहकारीबाट १ करोड ८० लाख गोरखा मिडिया नेटवर्कको बेहर खरिद बिक्रीको कागजसमेत भएको सार्वजनिक भएकाले छानबिन गरिदिन माग गरेका छन्।