गृह मन्त्रालयद्धारा भिजिट भिसा सम्बन्धी १७ बुँदे संशोधन गरेर ६ बुँदे निर्देशिका जारी
सरकारले भिजिट भिसा सम्बन्धी यसअघिको १७ बुँदे निर्देशिका खारेज गरेको छ । उक्त निर्देशिका खारेज गर्दै गृह मन्त्रालयले ६ बुँदे निर्देशिका जारी गरेको हो । भिजिट भिसाको प्रावधानहरुलाई लिएर केहि समय अघि त्रिभुुवन विमानस्थलमा प्रहरी र अध्यागमन विच द्धन्द्य नै सिर्जना भए पछि गृहमन्त्राालयले नयां निर्देशिका जारी गरेका छन । यसअघिको निर्देशिकाको कडाइले नक्कली कागजात बनाउने गिरोहको चलखेललाई मलजल गरेको देखिएपछि मन्त्रालयले नयाँ निर्देशिका बनाएर जारी गरेको हो ।
यो निर्देशिका बुधवारदेखि लागू हुनेछ । नयाँ निर्देशिकामा राहदानी, भिसा, टिकट, होटल बुकिङ वा आफन्तले स्पोन्सर गरेको कागजात, पाँच सय डलर र फर्किने स्वघोषणाको कागजात आवश्यक पर्ने छ ।
यसअघिको १७ बुँदे निर्देशिका अव्यवहारिक भएको चौतर्फी आलोचना पछी गृह सचिव दिनेश भट्टराईले ६ बुँदे नयाँ निर्देशिका ल्याएका हुन् । गृह सचिव दिनेश भट्टराईले यसअघिको १७ बुँदे निर्देशिका अव्यवहारिक भएको भन्दै ६ बुँदे नयाँ निर्देशिका ल्याएका हुन् । नयाँ निर्देशिकाले भिजिट भिसामा जाने नेपालीका लागि सहज हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाल बताए ।
‘भिजिट भिसामा विदेश जाने उतै हराउने प्रवृत्तिलाई रोक्न यसअघि सचिवस्तरको निर्णयबाट १७ बुँदे निर्देशिका जारी भएको थियो । तर, उक्त निर्देशिकाले दलालहरूलाई चलखेल गर्न मलजल गर्यो । जसले गर्दा विमानस्थलको सिस्टममा नै प्रश्न चिन्ह खडा गर्यो’, उनले भने, ‘म कार्यालय प्रमुखको जिम्मेवारी लिएर आएदेखि नै १७ बुँदेले सोझा नागरिक ठगिने वातावरण बन्यो भनेर संशोधनको लागि पहल गरेको थिए । अहिले यो प्रयास सफल भएको छ ।’