एमालेले आज मदन भण्डारीको जन्म जयन्ती मनाउँदै – Nepalboli

एमालेले आज मदन भण्डारीको जन्म जयन्ती मनाउँदै

   १४ असार २०७९, मंगलवार  

नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको आज मंगलबार ७१ औँ जन्म जयन्ती देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । नेकपा एमाले र उसका विभिन्न जनसंगठनहरूले मंगलबार विभिन्न कार्यक्रम गरि मदन जयन्ती मनाउन लागेका हुन्। एमाले र उसका जनसंगठनले मदन जयन्तीका अवसरमा पछिल्ला केही दिन विभिन्न कार्यक्रम गरिरहेका छन् ।

नेपाली कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज)’ को सिद्धान्त प्रतिपादन गरेका भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।

जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ । भण्डारीले २०४८ सालको महाधिवेशनमा पेस गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको थियो ।

भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगा भएको जीप दुर्घटनामा परी रहस्यमय निधन भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै