सहकारीबाट मेरो खातामा एक करोड ८० लाख आएको कुरा गलत होः सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ आफ्नो खातामा हालेको भन्ने समाचारको खण्डन गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो निजी खातामा एक करोड ८० लाख भएको भन्नेकुरा गलत रहेको दाबी गरेका हुन्।
उनले सञ्चरमाध्यमले ग्यालेक्सी छोड्दा आफ्नो खातामा एक करोड ८० लाख रुपैयाँ सहकारीकै पैसा हो भन्ने प्रमाणित गर्न खोजेर समाचार प्रकाशन गरेको बताए। उनले आफूलाई ग्लोबल आईएमई बैंकले खातामा पैसा नआएको पत्र पठाएको जानकारीसमेत गराए।
सोमबार एउटा अखवारले ‘ग्यालेक्सी छोड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। समाचार प्रकाशन गरेसँगै सभापति लामिछानेले पत्रकार सम्मेलन गरेर बैंकलाई नसोधीकन आफ्नो विरुद्धमा समाचार लेखिएको र निजी खातामा एक करोड ८० लाख आएको कुरा गलत रहेको दाबी गरे।
सभापति लामिछानेले सञ्चारकर्मीमाथि पर्सनल अट्याक गर्नु आफ्नो गल्ती भएको स्वीकार समेत गरे।