राम मन्दिरको प्राण-प्रतिष्ठाको खुसीयालीमा जनकपुरमा सवा लाख दिप प्रज्जवलन – Nepalboli

राम मन्दिरको प्राण-प्रतिष्ठाको खुसीयालीमा जनकपुरमा सवा लाख दिप प्रज्जवलन

   २०८० माघ ८, सोमबार  

भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको खुशस्यालीमा जनकपुमा रहेको जानकी मन्दिरमा सवा लाख दिप प्रज्जवलन गरिएको छ। जनकपुरका विभिन्न मठमन्दिरमा भजनकीर्तन, पाठ हुनुका साथै रामधुन समेत बजाइँदैछ। जनकपुरभर मन्दिर, सडकपेटी लगायतका ठाउँ ठाउँमा जय श्रीराम लेखिएको झण्डा झुण्ड्याइएको छ भने सोमवार साझ दिपावली गरिएको छ।

जानकी मन्दिर परिसर फूल मालाले सजाइएको छ। आज बेलुकी ५ बजे मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको मन्दिरले जनाएको छ । मन्दिर परिसरमा फूलले जय श्रीराम, धनुष र रामको चित्र कोरिएको छ। प्राण प्रतिष्ठाकै अवसरमा सोमवार दिउसो जनकपुरमा नगर शोभा यात्रा समेत निकालिइएको थियो ।

प्राण प्रतिष्ठाको अवसरमा धनुषा र महोत्तरीलगायत विभिन्न जिल्लाका स्थानीय तहले सार्वजनिक बिदा समेत दिएको छ। जनकपुरधाम उपमहानगरले नगरमा आज मासु र मदिराको बिक्री वितरणमा रोक लगाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै