उच्च अदालतद्धारा पशुपति विकास कोषकी कार्यकारी निर्देशक पुनको नियुक्ति विरुद्ध अन्तरिम आदेश – Nepalboli

उच्च अदालतद्धारा पशुपति विकास कोषकी कार्यकारी निर्देशक पुनको नियुक्ति विरुद्ध अन्तरिम आदेश

   २०८० माघ ८, सोमबार  

उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति तत्काललाई रोकि दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले पुनको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

आदेशमा कोषको निर्णय कार्यान्वयन नगर्न भनिएको छ । पुनको नियुक्तिमा आवश्यक मापदण्ड नपुगेको कारण तत्कालको लागि नियुक्ति रोकिएको पशुपति क्षेत्र विकास कोषका पूर्व कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए ।

गत पुस ४ गते बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रस्तावमा पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै