भोली अयोध्याको राम मन्दिरमा प्राणप्रतिष्ठा हुदै, भारत देखि नेपाल सम्म उल्लास – Nepalboli

भोली अयोध्याको राम मन्दिरमा प्राणप्रतिष्ठा हुदै, भारत देखि नेपाल सम्म उल्लास

   २०८० माघ ७, आईतवार  

२२ जनवरी अर्थात् भोलि सोमबार भारतको अयोध्यामा राम मन्दिरमा प्राणप्रतिष्ठा हुदै छ । लामो प्रतिक्षा र विभिन्न आरेह अवरोहका विच सन २०२० देखि निर्माण सुुरु भएको राम मन्दिरको तल्लो तल्ला निर्माण सम्पन्न भएसंगै त्याहा भगवान श्रीराम को प्राणप्रतिष्ठा गर्न लागीएको छ ।  जसलाइ भारतको इतिहासमै नयाँ आयामको रुपमा ब्याख्या गरिदैै छ । र उल्लासले पुर भारत उमंगमय देखिएको छ ।

अयोध्यामा भगवान रामको प्रतीमाको प्राणप्रतिष्ठा लाई लिएर अहिले अयोध्या र उत्तर प्रदेशमात्रै होइन, पूरै भारत राममय भएको छ । उल्लसको वछिटा नेपाल सम्मै आईपुुगेको छ । नेपालको एक दर्जन जती स्थानिय सरकारहरुले यस अवसरमा भोली सोमवार सार्वजनिक विदा दिएका छन भने सय जती पालिकाहरुले भोली सोमवार साझ दिपावली मनाउन आफना नागरिकहरुमा अपिल गरेका छन । भोली सोमवार भारतमा पनि दिपावली मनाउन सराकोरवालाहरुले त्याहा आग्रह गरेका छन ।

आइतवार नेपालको तराई मधेशका जनकपुर, विराटनगर, जलश्वर सहितका कतिपय ठाउहरुमा रथयात्रा तया उल्लस यात्रा निकालिएका छन । सोमवार साझ जनकपुरमा रहेको जानकाी मन्दिरमा सावा लाख दिप प्रज्जवलनका कार्यक्रम समेत राखिएको छ ।

सोमवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी एक धार्मिक समारोहा विच अयोध्या निर्माण भएको राम मन्दिरमा भगवान रामको प्रतीमाको प्राणप्रतिष्ठा गर्ने छन । जसका लागी मोदी गएको एक हप्ता दिन निराहार व्रतमा बसेका छन भने भारतका प्रमुख धार्मिक स्थलहरुमा गएर पुजापाठ गर्दै आएका छन । उनी भोली अयोध्यामा रहेको सरयुुग नदीमा स्नान गरेर मन्दिरको प्राणप्रतिष्ठामा यजमानको भुमिकामा बस्नेछन । जाहा भारतका ठुला ठुला साधुसन्त देखि विद्धान पण्डितहरु समेत उपस्थित हुनेछन । यो मन्दिरको सिल्यानाश पनि मोदी आफै यजमान बनेर गरेका थिए ।

भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर बनाउने फैसला गरे संगै निर्माण भएको यो मन्दिरको प्राणप्रतिष्ठालाई विश्वभरी वाटै नियाली राखीएको छ । .लामो विवादका विच भारतको सर्वोच्च अदालतले सन् २०१९ को नोभेम्बर ९ मा आफ्नो फैसलामा सम्पूर्ण जग्गा राम जन्मभूमिलाई दियो । यो ठाउँलाई ‘रामको जन्मस्थल’ भनेर अदालतले मान्यता दियो ।

त्यस पछि १३९ वर्षअघि सुरु भएको थियो विवाद साम्य भयो अहिलेको मन्दिर निर्माणको प्रक्रिया सुुरु भयो । निर्मोेही अखाडाका महन्त रघुवर दासले सन् १८८५ को जनवरी १५ मा जमिनको आंशिक दाबा फिर्ता लिन पहिलो मुद्दा दायर गरेका थिए । उनी मस्जिद अगाडि राम चबुतरा नामक चौकीमा एउटा मण्डप बनाउन चाहन्थे । तर उपन्यायाधीश हरकिशन सिंहले तनाव बढाउन सक्ने भन्दै उनको निवेदन खारेज गरिदिए । जिल्ला न्यायाधीश कर्णेल एफईए चमियरको मनमा भने हिन्दुहरुप्रति अलि बढी सहानुभूति थियो । हिन्दुहरुको पवित्र स्थलमा मस्जिद बनेको उनले स्वीकार गरेका थिए तर यथास्थिति कायम राख्दै उनले ३५० वर्षअघि भएको गल्ती सच्याउन निकै ढिलो भइसकेको बताए ।

जानकारहरु अयोध्याको विवाद १६ औँ शताब्दीमा सुरु भएको दावी गर्ने गर्छन । मुगल सम्राट बाबरका सेनापति मीर बाकीले भगवान रामको जन्मस्थल रहेको मन्दिर भत्काएको मानिन्छ । त्यस पछि त्याहा तीन गुम्बज भएको बाबरी मस्जिद सन् १५२८ मा बनाइएको थियो ।

त्यसबेलादेखि हिन्दुहरूले त्यो भूमि फिर्ता लिन खोजिरहेका थिए । सम्राट अकबरको पालामा उनको लागि राम चबुतरा बनाइएको थियो, तर उनका नाति औरंगजेबको शासनकालमा यो विवाद झनै बढ्यो । केही स्रोतका अनुसार गुरु गोविन्द सिंहको सेना पनि रामजन्मभूमिलाई मुक्त गर्न युद्धमा सामेल भएको थियो ।

अवधका अन्तिम नवाब वाजिद अली शाहको नेतृत्वमा ब्रिटेन निवासी मेजर जेम्स आउटरामले मस्जिदमा साम्प्रदायिक संघर्षको सूचना दिए । त्यसैले १८५९ मा, जब भारत ब्रिटिश राजको अधिनमा आयो, अदालतले मस्जिदको भित्री प्राङ्गण मुस्लिमहरूलाई र चबुतर भएको बाहिरी चोक हिन्दुहरूलाई हस्तान्तरण ग‍रिदियो ।

सोमबार राम मन्दिरको अभिषेक हुँदा दशकौँदेखि बाबरी मस्जिदभित्र राखिएको रामको पुरानो मूर्ति पनि ठुलो र नयाँ मूर्तिको साथमा मन्दिरको गर्भ गृहमा विराजमान हुनेछ । बाबरी मस्जिद भत्काएपछि पुरानो मूर्तिलाई लामो समय अस्थायी त्रिपालको मन्दिरमा राखिएको थियो ।

भारतको हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को शाखा विश्व हिन्दु परिषद सन् १९६४ मा गठन भएको थियो । तर यसको एजेन्डामा सन् १९८० को दशकको सुरुमा मात्रै राम मन्दिर आएको हो । सन् १९८४ को जनवरीमा आरएसएसका प्रमुख बालासाहेब देवरसले प्रयागराज माघ मेलामा एक संघ शिविरमा उपस्थितहरूलाई राम जन्मभूमि कहिलेसम्म बन्द रहनेछ ? भनेर सोधेका थिए । तीन महिनापछि दिल्लीमा आयोजित एक धर्म संसदमा भाग लिएका सांसदहरुले राम जन्मभूमि मुक्तिको मुद्दा उठाए ।
त्यस यतामा भारतमा अयोध्याको राम मन्दिर सधै राजनितीको केन्द्रमा पनि रहिरहे ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै