कांग्रेस/एमाले दुवै सँग कुराकानी भइरहेको छ- महन्थ ठाकुर – Nepalboli

कांग्रेस/एमाले दुवै सँग कुराकानी भइरहेको छ- महन्थ ठाकुर

   १२ असार २०७९, आईतवार  

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले चुनावी गठबन्धनका लागि नेपाली कांग्रेस नेतृत्वको गठबन्धन र नेकपा एमाले दुवैसँग सम्वाद भइरहेको बताएका छन् । तर अहिलेसम्म कुनै निर्णय नभएको र आफूहरु कुनै गठबन्धन नगएको उनले प्रष्ट पारेका छन् ।

लोक दलसँग भएको पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले भने, ‘एमालेसँग कुराकानी भइरहेको छ । म आफैंले दुई पटक भेटेको छु, अरु नेताहरुले पनि कुराकानी गर्नु भएको छ । तर निर्णय भइसकेको छैन ।’ न कांग्रेस नेतत्वको गठबन्धनसँग पनि कुनै सहमति भइनसकेको ठाकुरलले बताए । ठाकुर हिजो शनिवार मात्रै प्रधानमन्त्री शेरबहादुर संग भेटेका थिए ।

कौशल कुमार सिंह नेतृत्वको लोक दल आइतवार लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा समाहित भएको छ । बबरमहलस्थित लोसपाको केन्द्रीय कार्यालयमा आयोजित एकीकरण घोषणासभामा लोक दल लोसपामा समाहित भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै