माओवादी पदाधिकारी बैठक – इन्चार्जहरुको अभियानको रिपोर्टिङ
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन, एकता समायोजन लगायत समसामयिक राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए ।
बैठकमा सातै प्रदेशका इन्चार्जले तीन महिने अभियानको समीक्षात्मक रिपोर्टिङ गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए । बैठक बुधबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने शर्माले बताए ।