गएको विहिवार बसेको मन्त्रिपरिषद्‌ बैठकका निर्णयहरु सार्वजनिक – Nepalboli

गएको विहिवार बसेको मन्त्रिपरिषद्‌ बैठकका निर्णयहरु सार्वजनिक

   २०८० पुष १, आईतवार  

सरकारले हातहतियार खरखजाना नियमावली १२औं संशोधन, २०८० स्वीकृत गर्ने सहित १६ वटा निर्णय गरेको छ। मंसिर २८ गते बसेको मन्त्रिपरिषद्का बैठक सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्‌का निर्णयहरुको जानकारी दिएकी हुन्। त्यस्तै मन्त्रिपरिषद्‌ले परराष्ट्र मन्त्रालयमा रिक्त सचिव पदमा सेवा लम्साललाई नियुक्त गर्ने र नेपाली सेनाका उपरथि अशोकराज सिग्देललाई रथी दर्जामा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ।

नेपाली सेनाका सहायक रथी सन्तोषवल्लभ पौडेललाई उपरथि दर्जामा बढुवा गरी पदस्थापन गर्ने निर्णय मन्त्रिपरिषद्‌ले गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै