एमाले अध्यक्ष केपी ओलीमाथि धनकुटामा हातपातको प्रयास – Nepalboli

एमाले अध्यक्ष केपी ओलीमाथि धनकुटामा हातपातको प्रयास

   २०८० मंसिर २८, बिहीबार  

मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले हातपातको प्रयास गरेका छन् । भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि हातपातको प्रयास भएको हो । उनीमाथि लेगुवाकै महेश राईले हातपातको प्रयास गरेका हुन् ।

ओलीको स्वागतमा लाइनमा बसेकाहरुकोबीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर हात हाल्ने प्रयास गरेका हुन् ।

राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरुले उनलाई समातेका थिए । राईलाई प्रहरीले पक्राउ गरेको छ । उनले हातपातको प्रयास गर्नुको कारण खुलेको छैन ।राईले मादक पदार्थ सेवन गरेको पाइएको छ ।

यस्तै नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति निकालेर ओली भोजपुरबाट धनकुटा जाने क्रममा लेगुवा बजारमा जनताबाट स्वागत लिने क्रममा मादक पदार्थ सेवनबाट उत्तेजित बनेका एक व्यक्तिले देखाएको अस्वभाविक व्यवहारलाई लिएर सामाजिक सञ्जालमा अनर्गल प्रचार भएको दाबी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै