संसद् सचिवालयका महासचिव गौतमले दिए राजीनामा
संसद सचिवालयका महासचिव भरत गौतमले राजीनामा दिएका छन्। आइतबार साँझ उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएको स्रोतले बतायो। उनको पदावधि ८ महिना बाँकी छदै राजीनामा दिएका हुन्।
राजीनामा दिनुको कारण खुलेको छैन। उनको राजीनामा आएसँगै सोमबार बिहान प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति पौडेललाई भेटेका हुन्।
उनीहरूले राष्ट्रपति पौडेललाई भेटेर प्रतिनिधि सभा सचिव रहेका पदम पाण्डेलाई महासचिवमा सिफारिस गरेका छन्।