एनआरएनएको कार्यालयमा भएको झडप बारेमा प्रहरीले अनुसन्धान गर्दै – Nepalboli

एनआरएनएको कार्यालयमा भएको झडप बारेमा प्रहरीले अनुसन्धान गर्दै

   २०८० कार्तिक १५, बुधबार  

गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित कार्यालयमा मंगलबार तनाव सिर्जना भएको छ । एनआरएनएको आरके शर्मा नेतृत्वको असन्तुष्ट पक्षले आफूहरुलाई दुर्व्यवहार र कुटपिट भएको भन्दै उजुरी दिएको छ ।

प्रहरी वृत्त, दरबारमार्गमा दिएको उजुरी अनुसार, शर्मा नेतृत्वको टोली मंगलबार एनआरएनएको कार्यालयमा पुग्दा एमाले नेता महेश बस्नेत र युवा संघको टोली त्यहाँ थियो ।

त्यसक्रममा आरके शर्मासहित बेल्जियमका अभियन्ता एवं पत्रकार ओम शर्मामाथि कुटपिट भएको जानकारी आफूहरुले पाएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै