यस वर्ष दसैँको टीका लगाउने उत्तम साइत कति बजे ?
यस वर्ष दसैँअन्तर्गत विजया दशमी अर्थात् टीका कात्तिक ७ गते मंगलबार परेको छ। नेपाल पञ्चांग निर्णायक समितिका अनुसार त्यस दिन टीका लगाउने उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा छ ।
घटस्थापनादेखि पूजाआराधना गरिएकी देवीलाई बिहान १०ः३७ बजे विसर्जन गरी ११ः०२ को साइतमा टीका लगाउन सकिने पञ्चांग निर्णायक समितिले जनाएको छ ।
तर यसपछि पनि देवीका प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिने समितिको भनाइ छ।