सुनको तस्करी छानबिन सम्बन्धमा बनेको जाँचबुझ आयोगद्धारा काम सुुरु
सरकारले गठन गरेको सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले आज देखि काम सुुरु गरेको छ । पुर्वन्याधिश डिल्लीराज आचार्यको नेतृत्वमा गठन भएको उच्चस्तरीय समितिले विहिवार पहिलो बैठक गरेर कार्यप्रारम्भ गरेका छन । समितिल पहिलो बैठक पछि आफुहरु सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानलाई आफूहरुले अध्ययन नगर्ने बताएको छ ।
तर सीआईबीले अनुसन्धान सकेपछि त्यसमा कुनै कमीकमजोरी भएको छ कि छैन भनेर चाहिँ आयोगले हेर्ने छ ।
सरकारले हालै मात्र उच्च अदालतका पूर्व कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा चार सदस्यीय जाँचबुझ आयोग बनाएको थियो । आयोगको बुधबार बसेको पहिलो बैठकले आफ्नो कार्यादेशबारे सबैलाई जानकारी गराउने र कात्तिक १६ गतेसम्म सुझाव लिने निर्णय गरेको छ ।
अध्यक्ष आचार्यका अनुसार कार्यायोजना निर्माणका क्रममा आयोगलाई पैठारीबारे अध्ययन गर्ने भनेको, तर निकासीबारे नबोलेकाले अध्ययन सीमा के हुने भनेर समेत छलफल भएको छ ।