एमसीसीकी प्रमुख कार्यकारी अधिकृतको टोली काठमाडौंमा – Nepalboli

एमसीसीकी प्रमुख कार्यकारी अधिकृतको टोली काठमाडौंमा

   २०८० आश्विन १४, आईतवार  

अमेरिकी सहयोग परियोजना (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटसहितको टोली काठमाडौं आइपुगेको छ। आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको अल्ब्राइटसहितको टोलीलाई नेपालस्थित एमसीसीका कन्ट्री डाइरेक्टर डेन फर्नासिसको र सहायक डाइरेक्टर सन्जय पौडेलले स्वागत गरे।

उक्त टोली कतार एयरवेजको उडान नम्बर क्युआर ६४६ मा दोहा हुँदै काठमाडौं आइपुगेको हो।

टोलीमा एमसीसीका सार्वजनिक मामिला हेर्ने उपप्रमुख अयास हाउस, युरोप, ल्याटिन अमेरिका, एसिया हेर्ने सहायक उपप्रमुख जोनाथन ब्रुक्स, सीइओ कार्यालयका विशेष सल्लाहकार सिर्रा रोथार्मिक र सम्झौता कार्यान्वय विभागकी सहनिर्देशक मोनिका चाभेज छन्।

करिब ७० करोड डलरको अमेरिकी सहायता परियोजना संसद्बाट ब्याख्यात्मक घोषणासहित पारित भएपछि गएको महिना कार्यान्वयनको घोषणा गरिएको थियो । कार्यान्वयनको घोषणाको वेला पनि अमेरिकाबाट एक टोली काठमाडौ आएका थिए ।

कार्यान्वयनको घोषणा लगत्तै एमसीसीको नेपाल कार्यलयले परियोजनाहरुका लागी ठेक्काहरुको टेण्डर आब्हान गरेका थिए । तर उक्त टेडण्डरमा समस्या देखिए पछि काम अगाडी वढन सकेको छैन । एमसीसीको काममा वजेट थप गर्नु पर्ने देखिएको वेला एमसीसीका पैमुख कार्यकारी अधिकृत नेपाल आएका छन । यो टोली ५ दिन काठमाडौमा नेपालका अधिकारीहरु र राजनितीक दलहरुका नेताहरु सग छलफल गर्दै छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै