त्रिभुवन विमानस्थलबाट तीन किलो सुनसहित एक महिला पक्राउ – Nepalboli

त्रिभुवन विमानस्थलबाट तीन किलो सुनसहित एक महिला पक्राउ

   २०८० आश्विन १३, शनिबार  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुनसहित एक महिला पक्राउ परेकी छन् । अवैध तरिकाले सुन ल्याईरहेकी फिलिपिन्सकी महिला शुक्रबार विमानस्थलबाट पक्राउ परेकी हुन । ‍‍‍‍

प्रहरीका अनुसार शुक्रबार साँझ दुबई हुँदै काठमाडौं आएकी उनलाई झण्डै तीन किलोग्राम सुनसहित पक्राउ गरिएको हो । उनी माथि प्र्हरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरि प्रहरीले रसुवाको स्याफ्रुबेंसीबाट तस्करीको १ किलो सुन बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काठमाडौंबाट खटिएको टोलीले शनिबार बेलुकी सुनसहित ३ जनालाई पक्राउ गरेको हो ।
१ किलो सुनलाई चार टुक्रा बनाएर ल्याएको अवस्थामा उनीहरु पक्राउ परेका सीआईबीका एक अधिकारीले बताए ।

यसअघि गत महिना रसुवाबाट २ किलो सुन बरामद भएको थियो । केही दिनअघि दोलखाबाट पनि ७ किलो सुन बरामद भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै