कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पूर्णबहादुर खड्कालाई
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का कार्यवाहक प्रधानमन्त्री भएका छन्। शनिबार साँझ ६ बजे कतार एयरवेजमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको न्युयोर्क प्रस्थान गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्।
प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम खड्काले गर्ने गरी जिम्मेवारी दिइएको हो।