एकैपटक ६० एसपीको सरुवा, मंसिरकै तलब नयाँ जिम्मेवारीबाट
काठमाडौं— नेपाल प्रहरीले एकैपटक ६० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले मंगलबार गरेको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको हो ।
सरुवा भएका सबै एसपीले मंसिर महिनादेखिको तलब तथा भत्ता नयाँ सरुवा भएको कार्यालयबाटै पाउने व्यवस्था गरिएको विभागले जनाएको छ ।
यससम्बन्धी आवश्यक अभिलेख अद्यावधिक गर्न विभागले राष्ट्रिय किताबखानालाई अनुरोध गरेको छ ।
सरुवा भएका एसपीहरूलाई तोकिएको नयाँ जिम्मेवारीअनुसार सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ ।