फूलपातीमै कांग्रेसको नयाँ नेतृत्वले सम्हाल्दैछ पार्टीको जिम्मेवारी – Nepalboli

फूलपातीमै कांग्रेसको नयाँ नेतृत्वले सम्हाल्दैछ पार्टीको जिम्मेवारी

   २०८३ कार्तिक १, शनिबार  
gagan thapa

ललितपुर— नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज औपचारिक रूपमा पार्टीको नेतृत्व सम्हाल्ने भएका छन् । १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाको शपथग्रहण तथा पदबहाली समारोह बडादशैंको फूलपातीका दिन आयोजना गर्न लागिएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आज दिउँसो २ बजे केन्द्रीय कार्यालयमा शपथग्रहण तथा पदबहाली कार्यक्रम हुनेछ ।

महाधिवेशनको मतगणना सम्पन्न भएसँगै सभापतिमा निर्वाचित थापालाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्न कार्यक्रम तय गरिएको कांग्रेसले जनाएको छ ।

शपथग्रहण समारोहमा सहभागी हुन उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई कांग्रेस केन्द्रीय कार्यालयले निमन्त्रणा गरेको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले समारोहको तयारी पूरा भएको जानकारी दिए ।

सभापतिसँगै निर्वाचित केन्द्रीय समितिका अन्य पदाधिकारी तथा सदस्यको शपथग्रहण भने दशैंपछि गरिने कांग्रेसले जनाएको छ ।

१५औँ महाधिवेशनबाट कांग्रेसको २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ । सभापतिको जिम्मेवारी औपचारिक रूपमा सम्हालेसँगै थापाका लागि संगठन सञ्चालन, पार्टीभित्रको एकता कायम गर्ने तथा आगामी राजनीतिक कार्यदिशा तय गर्ने चुनौती अगाडि आउनेछ ।

फूलपातीको दिन हुने शपथग्रहणसँगै कांग्रेसमा नयाँ नेतृत्वको औपचारिक कार्यकाल सुरु हुँदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै