कांग्रेस महाधिवेशनः नेतृत्व चयनका लागि १२ः३० देखि उम्मेदवारी दर्ता – Nepalboli

कांग्रेस महाधिवेशनः नेतृत्व चयनका लागि १२ः३० देखि उम्मेदवारी दर्ता

   २०८३ आश्विन २०, मंगलवार  

काठमाडौं— नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया आज उम्मेदवारी दर्तासँगै अघि बढ्ने भएको छ ।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिकाअनुसार आज दिउँसो १२ः३० बजेदेखि बेलुकी ४ बजेसम्म केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि मनोनयन दर्ता हुनेछ ।

उम्मेदवारी दर्ताअघि मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया पूरा गरिनेछ । संशोधित कार्यतालिकाअनुसार बिहान ९ः३० बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोध गर्न सकिनेछ ।

दाबी विरोधमाथि बिहान ९ः३० देखि १०ः३० बजेसम्म जाँचबुझ गरिनेछ भने बिहान ११ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

त्यसपछि दिउँसो १२ः३० बजेदेखि केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दर्ता सुरु हुनेछ । उम्मेदवारी दर्ताको समय बेलुकी ४ बजेसम्म तोकिएको छ ।

महाधिवेशनका अन्य कार्यक्रमहरू भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै सञ्चालन हुने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

यससँगै कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया निर्णायक चरणमा प्रवेश गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै